तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाराग्वेः राष्ट्रपति निवासमा चित्तलको आक्रमणमा परेर गस्तीमा गएका सैनिकको मृत्यु
पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ।
भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको छ।
उक्त मृग त्यहाँको रैथाने हैन। राजधानी आसुनस्याननजिकै रहेको राष्ट्रपति निवासका लागि उक्त मृग बाहिरबाट उपहारमा आएको थियो।
सेनाका एक प्रवक्ताले मृगलाई मानिसहरूसँग भेट नहुनेगरी प्रायः अन्य जङ्गली जनावरसँग अलग्गै राखिने गरेको थियो।
तर सीसीटीभीमा ती सैनिक मृगनजिकै पुगेको क्षणको दृश्य खिचेको छ। सैन्य अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो।
सेनाका प्रवक्ता भिक्टर उर्दापिसेताले भने, "सुरक्षा क्यामरामा तपाईँले [सार्जन्ट आइज्यासी] ती जनावरहरू भएको क्षेत्रमा प्रवेश गरेको र मृगलाई बिच्काउनेगरी चलमल [हात उचालेको] गरेको देखिन्छ।"
मङ्गलवार बिहानीपख सो घटना हुँदा आइज्यासी त्यहाँ नियमित गस्तीका लागि गएका थिए।
स्थानीय सञ्चारमाध्यमलाई अधिकारीहरूले बताएअनुसार त्यो भारतबाट ल्याइएको चित्तल थियो।
दश हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रपति निवासको उद्यानमा विभिन्न जनावरहरू छन्।
सेनाका प्रवक्ताका अनुसार सरकारसँग परामर्श गरेर उक्त उद्यानको व्यवस्थापन गर्ने अधिकारीहरूले त्यहाँ उक्त चित्तल लगेका थिए।
यो पनि हेर्नुहोस्