भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

हेलिकप्टर दुर्घटनाग्रस्त

तस्बिर स्रोत, ANI

Published
पढ्ने समय: २ मिनेट

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको पुष्टि भएको छ।

भारतीय वायुसेनाले ट्वीट गरेर उनको निधनको जानकारी दिएको हो।

उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए।

त्यसमध्ये १३ जनाको निधन भएको हो।

रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दु:ख व्यक्त गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, "तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दु:ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।"

भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।

जेनरल रावतसँगै उनकी पत्नीको पनि निधन भएको बताइएको छ।

विपिन रावत

तस्बिर स्रोत, Getty Images

दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिएको थियो।

यसअघि तमिलनाडुका वनमन्त्री के रामचन्द्रनले घटनास्थलको भ्रमणपछि पाँच जनाको मृत्यु भएको र थप दुई जनाको अवस्था गम्भीर भएको बताएका थिए।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ।

भारतका केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, भारतीय कङ्ग्रेसका नेता राहुल गान्धी र अन्य वरिष्ठ नेताहरूले ट्विटरमा दुर्घटनाबारे लेख्दै सबैको सकुशलताको कामना गरेका थिए।