तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशन: नयाँ नेतृत्व छान्न मतदान सम्पन्न, केपी शर्मा ओली र भीम रावलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा
- Author, ईश्वर जोशी
- Role, चितवन
- Published
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौँ महाधिवेशनमा मङ्गलवार विभिन्न पदका लागि मतदान सम्पन्न भएको छ। बिहान ४ बजे मतदान सुरु भएको मतदान ११ बजे सकिएको जानकारी पार्टीले दिएको छ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान भएको एमालेको महाधिवेशनका निर्वाचन अधिकृत रमेश काफ्लेले बताए।
मतदानको आरम्भमै अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल तथा अन्य नेताले गरेका थिए।
उपाध्यक्षका छवटा पदका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ गरी सात जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव पदमा गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, टङ्क कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार छन्।
कुल मतदाता २,१५३ भएपनि जम्मा २०९६ मत खसेको बताइएको छ। मतदानमा ५७ प्रतिनिधि सहभागी नभएको देखिएको छ।
विद्युतीय मतदान भएकाले मतगणना सम्पन्न भएको केही घण्टामै परिणाम प्राप्त हुने अपेक्षा राखिएको छ।
सचिवका छवटा पदका लागि नौ जना प्रतिस्पर्धामा छन्।
यो निर्वाचनमा २,१५३ प्रतिनिधि मतदाता छन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमवार राति ९ बजे मतदान सुरु हुनुपर्ने थियो।
तर केन्द्रीय सदस्यमा सहमति गर्ने र पदाधिकारीको मात्र मतदान गर्ने प्रयास गर्दा उक्त प्रक्रिया ढिलो भएको नेताहरूले बताएका छन्।
त्यसपछि मध्यरातपछि २ बजेदेखि मतदान सुरु गर्ने भनिएको थियो। मतदान ढिलो हुँदा प्रतिनिधिहरू अन्योलमा परेका थिए।
बिहान ४ बजेदेखि सुरु भएको मतदान मध्याह्णअघि नै सकिएको छ।
पार्टीको निर्वाचन आयोगले बिहान १०:३० बजेभित्र पङ्क्तिबद्ध भएका प्रतिनिधिले मात्र मतदान गर्न बताएको थियो।
नेकपा एमालेका नेता भीम रावलले लोकतान्त्रिक पद्धतिका लागि उम्मेदवारी दिएको र परिणाम जे भए पनि स्वीकार्ने बताएका छन्।
ओलीनिकट नेता विष्णु रिमालले चाहिँ केपी ओलीको नेतृत्वमा सहमतिको प्रयास भएको तर सहमति हुन नसके निर्वाचन गर्ने भनिएको बताएका छन्।
उनले सहमति हुनसक्ने अवस्था हुँदाहुँदै केही व्यक्तिहरूले उम्मेदवारी दिएर "मजाक गरेको" बताए।
विद्युतीय उपकरणबाट भएको मतदान सकिएपछि त्यसको केही घण्टाभित्रै परिणाम आउने आयोगले जनाएको छ।