नेपाल मौसम: अविरल वर्षाले १०० उडान रद्द, विराटनगर विमानस्थल बन्द

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'
Published

अविरल वर्षाका कारण देशभर करिब १०० हवाई उडानहरू रद्द गरिएको नेपाल उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताएका छन्।

सोमवार र मङ्गलवार दुई दिनको अविरल वर्षाका कारण देशको विभिन्न भागमा हवाई उडान अवरुद्ध हुनुका साथै विराटनगर विमानस्थल डुबेको छ।

काठमाण्डूबाट उड्ने बुद्ध एयरको १३ वटा, तारा एयरको १३ वटा, गुण एयरको तीन वटा, सौर्य एयरको छ वटा, श्री एयरको दुई वटा र नेपाल एयरलाइन्सको पाँच वटा उडान रद्द भएको बताइएको छ।

सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।