दशैँ: मूर्तिकार भन्छन्,'महामारीमा कामविहीन बनेका थियौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ: मूर्तिकार भन्छन्,'महामारीमा कामविहिन जस्तै बनेका थियौँ'
Published

कोरोनाभाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीमा कामविहीन जस्तै बनेका मूर्तिकारहरूलाई दशैँको मुखमा दुर्गा, महिषासुर लगायतका मूर्ति बनाउन चटारो परेको उनीहरूले बताएका छन्।

महामारीका कारण केही दिन अघिसम्म सिमानाकामा आवतजावतमा रोक लगाइएकोले पनि अहिले विगत दुई वर्ष यता मूर्तिको माग धेरै भएको उनीहरूले बताएका हुन्।

विगत वर्षमा भारतीय कलाकार नेपालमा आएर मूर्ति बनाउने र नेपाली ग्राहकले समेत भारतबाट मूर्ति खरिद गर्ने गरेको भए पनि त्यो क्रम अहिले कम भएको उनीहरूले बताएका छन्।

नेपालगञ्जमा बिमला चौधरी र वीरगञ्जमा माधुरी महतोले स्थानीय मूर्तिकारसँग गरेको कुराकानी यो भिडियोमा हेर्नुहोस्।

अनि यो पनि।