विमान दुर्घटना: रुसमा कम्तीमा १६ जनाको मृत्यु

तस्बिर स्रोत, MARINA LYSTSEVA/TASS
Published
रुसमा एउटा सानो विमान दुर्घटनामा परेको छ। प्रारम्भिक विवरणहरूका अनुसार घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा भएको उक्त घटना भएको हो।
उक्त विमानमा सवार ६ वा ७ जनाको उद्धार गरिएको र गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्याइएको बताइएको छ।
दुर्घटनामा परेको विमान एउटा स्थानीय फ्लाइङ्ग क्लबको रहेको जनाइएको छ।
उक्त विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो।

यो पनि हेर्नुहोस्:

















