पाटनको नरसिंह मन्दिर जीर्णोद्धार: 'पहिलो तलामा मात्र ४८ किसिमका इँटा आवश्यक'
Published
जीर्णोद्धारको क्रममा रहेको पाटन दरबार परिसरस्थित नरसिंह मन्दिरमा झन्डै एक सय बढी थरीका इँटा आवश्यक पर्ने बताइएको छ।
विभिन्न आकार, कोण तथा बुट्टाअनुसार छुट्टा छुट्टै नापका इँटा बनाउने कार्य केही महिनायतादेखि जारी रहेको साइट इन्जिनियर प्रणाम होराले बताए।
अभिलेख अनुसार सोह्रौँ शताब्दीमा बनेको उक्त शिखर शैलीको मन्दिरको जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ रकम छुट्ट्याएको मङ्गलटोल सुधार सङ्घले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।