कोभिड नेपाल: दशैँ टिकट बुकिङमा विभाग र यातायात व्यवसायीका आआफ्नै दाबी
Published
यस वर्षको दशैँका लागि मध्यम तथा लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गर्नेबारे अन्योल देखा परेको छ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच महामारीका कारण यात्रुको चापको बारेमा आआफ्नै दाबी रहेपछि अग्रिम टिकट बुकिङबारे टुङ्गो लाग्न नसकेको हो।
दशैँ मनाउन काठमाण्डूबाट बाहिरिने यात्रुको चाप नहुने यातायात व्यवसायीको दाबी छ भने यातायात व्यवस्था विभाग भने यसपटक धेरैले खोप लगाएका कारण यात्रुको चाप बढ्नेमा ढुक्क देखिन्छ।
विभागले तोकिएको भाडादर र सीट यकिन गरेर मात्र टिकट खरिद गर्न यात्रुलाई सचेत पारेको छ।
थप जानकारीका लागि कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।