तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः थप २,०७५ मा कोरोना भाइरस सङ्क्रमण, ३० जनाको मृत्यु
नेपालमा थप २,०७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४८५ पुगेको छ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,०७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
कहाँ छन् सङ्क्रमित?
तीमध्ये ३,३०६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेकामध्ये ७१८ जना सघन उपचार कक्ष आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।
विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ४८३ सङ्क्रमित भेटिएका हुन्।
नेपालभरि २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।
५०० भन्दा बढी सक्रिय सङ्क्रमित कहाँ धेरै?
५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।
उक्त प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।
लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५०० माथि छ।
कतिले लगाए खोप?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३८ लाख ३५ हजार नाघेको मन्त्रालयले जनाएको छ।
अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
भारतमा कस्तो छ अवस्था?
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार भारतमा ९७.५ प्रतिशत सर्वसाधारणहरू कोभिडबाट निको भएका छन्। नेपालमा उक्त प्रतिशत ९३.१ छ।
त्यस्तै नेपालमा मृत्यु हुनेहरूको औसत १.४ प्रतिशत रहँदा भारतमा १.३ प्रतिशत छ।
सक्रिय सङ्क्रमितहरूको प्रतिशतमा भने नेपाल भारत भन्दा अघि देखिन्छ। भारतमा हाल १.१ प्रतिशतमा सक्रिय सङ्क्रमण छ भने नेपालमा ५.५ प्रतिशतमा सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
भारतमा हालसम्म ५७ करोडभन्दा बढी कोभिड खोपका मात्रा सर्वसाधारणहरूलाई दिइएको जनाइएको छ।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुला रहने बताइएको छ।