काजकिरिया गर्दै छोरी, ‘छोराले गर्न सक्ने काम हामी पनि गर्न सक्छौँ भन्ने हिम्मत आयो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन बसे यी छोरीहरू आमाको किरिया
Published

गोरखा जिल्लाकी ४१ वर्षीया इन्दिरा नरालको कोभिडका कारण मृत्यु भएपछि उनका तीन छोरीले काजकिरिया गरिरहेका छन्।

जेठी र माहिली छोरीले मुण्डन गरेका छन् भने आमाको इच्छानुसार कान्छी मुण्डन नगरी किरिया बसेकी छन्।

"आमाले जन्म दिइसकेपछि छोराले गर्न सक्ने काम अघि सरेर हामी छोरीले गर्न सक्नुपर्छ भनेर तीन दिदीबहिनीमा हिम्मत आयो अनि आमाको काजकिरिया गरेका (हौँ)," जेठी छोरी अर्पना नरालले बीबीसीलाई बताएकी छन्।

नेपाली समाजमा प्रायः छोराले नै आमाबुबाको काजकिरिया गर्ने चलन छ। छोरी भएर पनि आमाको किरिया बस्दा सबैको सहयोग पाएको उनीहरूको भनाइ छ।

उनीहरू कसरी किरिया बसिरहेका छन् र अरूलाई के सन्देश दिन चाहन्छन्? हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि