कोभिड नेपाल: थप २९ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ४३ जनाको मृत्यु

कोरोनाभाइरस
Published

नेपालमा थप २,९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शुक्रवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,१८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,५६९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५०६ पुगेको छ।

चौबीस घण्टाको अवधिमा १,७७५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

परीक्षण

तस्बिर स्रोत, EPA

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८२७ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २४,२७४ जना घरमा तथा २,५५३ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ५७८ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७४ जना भेन्टिलेटरमा छन्।

शुक्रवार पुष्टि गरिएका सङ्क्रमितमध्ये ३४३ जना काठमाण्डूमा, २८२ जना सुनसरीमा, २४६ जना मोरङमा, १५१ जना झापामा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा साढे सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित.  साउन १ गते अपराह्णसम्मको तथ्याङ्क.
Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, पहिलो मात्रा खोप लगाएका जोखिमपूर्ण समूहका नागरिक भन्छन्: सरकार, दोस्रो मात्रा खोइ?
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कतिले लगाए खोप?

शुक्रवार चीनले नेपाललाई थप १६ लाख कोभि‍ड खोप अनुदान सहायताका रूपमा उपलब्ध गराउने घोषणा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म ११ लाख २० हजार नाघेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र भित्रिएका छन्।

खोप

तस्बिर स्रोत, REUTERS

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

अहिले विभिन्न स्थानमा खोप लगाउने मानिसको घुइँचो देखिन्छ।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा ३८,९४९ नयाँ सङ्क्रमित थपिएका छन् भने ५४२ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड दश लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म चार लाख १२ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभ्याक्स सुविधा के हो र कसरी काम गर्छ?

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख ३० हजारभन्दा धेरै छ।

भारतमा हालसम्म ३९ करोड ५३ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

बिहीवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ३८ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?