तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: २४ सय जना कोरोना भाइरस सङ्क्रमित थपिए, २७ जनाको मृत्यु
नेपालमा थप २,४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार बताएको छ।
पछिल्लो २४ घण्टामा १४,३५१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,७६५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा ५,४५५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९१.३३ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९४५ पुगेको छ।
अहिले कुल ४२,९१० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८८४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
कुल सक्रिय सङ्क्रमितमध्ये ८,६१६ जना काठमाण्डू उपत्यकामा रहेका छन्।
अहिले देशभरिका ३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७१४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २०१ जना भेन्टिलेटरमा छन्।
लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०.७५ प्रतिशत पुरुष छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
के छ भारतको स्थिति?
भारत सरकारका अनुसार अहिलेसम्म तीन करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ९३ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।
सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ६० लाख सात हजार जनाभन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख पाँच हजार, पश्चिम बङ्गालमा १४ लाख ८९ हजार, बिहारमा सात लाख २० हजार र उत्तराखण्डमा तीन लाख ३९ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
भारतमा शुक्रवार बिहानसम्मको तथ्याङ्क
- निकोः २,९१,२८,२६७ (९६.६%)
- सक्रिय सङ्क्रमणः ६,१२,८६८ (२.०३%)
- मृत्युः ३,९३,३१० (१.३०%)
यो पनि हेर्नुहोस्