कोभिड नेपाल: 'अस्पताल लैजान सकेको भए सायद बुवालाई गुमाउनु पर्दैनथ्यो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: 'अस्पताल लैजान सकेको भए सायद बुवालाई गुमाउनु पर्दैनथ्यो'
Published

नेपालको गोरखा जिल्लाको दुर्गम स्थानका कतिपय गाउँका मानिसलाई सामान्य स्वास्थ्योपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पुग्न दुई तीन दिनसम्म हिँड्नुपर्ने बाध्यता छ।

यातायातको साधन तथा बाटोघाटोको अव्यवस्थाले कैयौँ बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ।

एक भूतपूर्व ब्रिटिश सैनिकका छोरा हरिबहादुर घलेले आर्थिक अभाव र अस्पताल नजिक नहुँदा आफूले बुवा गुमाउनुपरेको बताए।

उनका बुवाको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको थियो।

गोरखा जिल्लाका कैयौँ गाउँमा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् र खोप पर्खाइमा रहेको स्थानीय बताउँछन्।

बीबीसीकी रजिनी वैद्यनाथनले गोरखाको बारपाक पुगेर बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि