नेपाल मनसुन: सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, 'सर्वस्व लग्यो, अब सरकारको आस'
Published
सिन्धुपाल्चोकमा आएको भीषण बाढीपहिरोका कारण पीडित स्थानीयवासीले सरकारले आफ्ना लागि गाँस र बास सुनिश्चित गरिदिनुपर्ने बताएका छन्।
बाढीले नदीकिनारका घर बगाउनुका साथै कैयौँ घरहरू डुबानमा परेकाले आफूहरू अहिले विद्यालय र सैनिक ब्यारेकमा रात बिताउन बाध्य भएको पीडितले बताएका छन्।
सरकारले स्थानीय पालिकाहरूसँग समन्वय गरेर बाढी पीडितहरूलाई आवश्यक राहत पुर्याउने बताउँदै आएको छ।
बाढीपीडितसँगको कुराकानीमा आधारित रहेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि