तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: परीक्षण गरिएका ३० प्रतिशतमा सङ्क्रमण, थप ६८ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा ५,०४२ जना कोभिड बिरामी थपिएका छन्।
त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।
कुल १६,८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ५,३४३ एन्टिजन परीक्षण हो जसबाट १,५०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
थप ८,२४३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ।
नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ८५ हजारभन्दा बढी पुगेको छ। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।
कुल सङ्क्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म कुल ७,७९९ जनाको मृत्यु भइसकेको छ।
शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका छन्।
राजधानीका ७२३ जनासहित भक्तपुरका ७३ जना र ललितपुरका १४१ जना गरी काठमाण्डू उपत्यकामा थप ९३७ जना सङ्क्रमित थपिएका छन्।
दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरूमा झापा (२४५ जना) र मोरङ (२६८ जना) रहेको छ।
नेपालका ७७ मध्ये ४६ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
कुल ८६,२६८ सक्रिय सङ्क्रमितमध्ये ६,६६० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४५१ आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा रहेका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
यो पनि हेर्नुहोस्