कोभिड भारतः मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड भारतः मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश
Published

डिम्पल अरोरा दन्तचिकित्सक थिइन्। चौतीस वर्षको उमेरमा उनको कोभिड-१९ कारण मृत्यु भयो।

कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर बिरामी परेको बेला उनले पूरा विश्वलाई एउटा सन्देश दिएकी थिइन्।

तीनवर्षे छोरा छोडेर उनी गएपछि उनका पति रवीशले डिम्पलको मृत्युलाई एउटा चेतावनीको रूपमा लिइनुपर्ने बताएका छन्।

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख नाघिसकेको छ।