कोभिड नेपाल: 'नाच्दा मलाई कोरोनाभाइरस लागेकै छैन जस्तो महसुस हुन्थ्यो'
Published
ताराखोला गाउँपालिका, बागलुङका एम्बुलेन्स चालक रमेश खत्री कोभिड बिरामीलाई ओसार्दा आफै सङ्क्रमित भए।
आइसोलेशनमा अन्य बिरामीसँग बस्दा उनले मनोबल उच्च राख्न दैनिक नाच्ने गर्थे।
खत्री भन्छन्, "कोरोना भएको बेला नाच्दा मलाई कोरोना लागेको छैन जस्तो महसुस हुन्थ्यो। मनोबल उच्च हुन्थ्यो।"
उनको नाचमा अन्य सङ्क्रमितका सँगै स्वास्थ्यकर्मीले पनि साथ दिन्थे।
आफ्ना नाचका भिडिओहरू इन्टरनेटमा राखेका खत्री बागलुङ जिल्लास्थित कोभिड अस्पतालमा १२ दिन बसेपछि सङ्क्रमणमुक्त भएका छन्।
सकारात्मक सोच राखे कोभिडविरुद्ध लड्न सजिलो हुने उनी बताउँछन्।
हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।