कोभिड नेपाल: 'छोटो समयमा धेरै शव व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण': नेपाली सेना
Published

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सम्बन्धी कारणले हिजो शुक्रवार साँझसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ।

दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको छ।

नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको बताइएको छ।

एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।