कोरोना भाइरस नेपालः काठमाण्डू छोड्न लागेका विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपालः विद्यार्थी र मजदुर भन्छन्, ‘खर्च धान्न धौधौ, कोभिड भए हेर्ने कोही छैन'
Published

कोरोनाभाइरस सङ्क्रमण बढेसँगै काठमाण्डू उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बुधवार झन् बढी भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाण्डू उपत्यकामा वैशाख १६ गतेदेखि दुई साताका लागि निषेधाज्ञा घोषणा भएको छ।

निषेधाज्ञा लागू हुने समयको पूर्वसन्ध्यामा उपत्यका बाहिरिनेमा खासगरी डेरावाल, विद्यार्थी र मजदुर वर्ग रहेको बताइएको छ।

लामो तथा छोटो दूरीमा जाने मजदुर र विद्यार्थीहरूले आफूहरू खर्च धान्न धौधौ हुने र कोभिड सङ्क्रमित भएमा आफ्नो रेखदेखमा कोही नहुने भएकोले बाहिरिन लागेको बीबीसीलाई बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।