डा. हरिहर वस्ती: एक चिकित्सक जसले १५,००० भन्दा बढी शव चिरेर मृत्युको कारण खोजे
Published
हालै सेवाबाट अवकाश पाएका फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले आफ्नो जीवनकालमा कम्तीमा १५,००० वटा शवको परीक्षण गरेको बताएका छन्।
डा. वस्तीलाई सोमवार राष्ट्रिय मानव अधिकार आयोगले शवोत्खनन् लगायत दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा मानव अधिकार सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
परिवार र शुभचिन्तकको इच्छा विपरीत फरेन्सिक विशेषज्ञ बनेका वस्ती नेपालको विधिविज्ञान क्षेत्रको सुधारमा अग्रणी मानिन्छन्।
हत्या, बलात्कार मात्र नभई सशस्त्र द्वन्द्वकालीन घटना हुन् वा भूकम्पजस्ता प्राकृतिक प्रकोप, वस्तीले कैयन् गम्भीर प्रकृतिका शवको उत्खनन गरेर सत्यतथ्य पत्ता लगाउन सहयोग गरेका छन्।
हेर्नुहोस् डा. वस्तीका बारेमा कमल परियारले बनाएको यो भिडिओ।