चितवन राष्ट्रिय निकुञ्जः आखेटोपहारको चाप, भण्डार दुर्गन्धित

भिडिओ क्याप्शन सुरु हुँदैछ, आखेटोपहारको चापले भण्डार दुर्गन्धित
Published

प्राकृतिक मृत्यु, चोरीसिकार वा अवैध व्यापारका क्रममा जफत आखेटोपहारको भण्डारणका लागि आवश्यक उपकरण तथा औषधि प्रयोग नभएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रत्येक पाँचपाँच वर्षमा त्यसरी बरामद भएका वन्यजन्तुका अङ्ग नष्ट गर्ने कार्यविधि बनाइएको भए पनि समयअगावै तिनको चाप बढेकोले भण्डारमा दुर्गन्ध फैलिएको बताइन्छ।

निकुञ्जका वार्डेन अणनाथ बरालका अनुसार तीनवटा कोठामा राखिएका कैयौँ आखेटोपहार सग्लो अवस्थामा नरहेको बताएका छन्।

उक्त समस्या समाधानका लागि जफत भएकै स्थानमा सुरक्षा र सरोकारवाला निकायको रोहवरमा जलाउनुपर्ने केहीको सुझाव छ।

विसं २०७४ सालमा ४८ प्रजातिका वन्यजीवका ४,००० भन्दा बढी आखेटोपहार जलाइएको थियो।

हेर्नुहोस् ईश्वर जोशीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि