अदालतको सुनुवाइका क्रममा जूमबाट क्याट फिल्टर हटाउन नसकेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म बिरालो हैन': जूमबाट सुनुवाइ गर्दा फिल्टर खुलेपछि...
Published

संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित अदालतको एउटा सुनुवाइमा जूममार्फत्‌ सहभागी भएका वकिलले क्याट फिल्टर हटाउन गरेको सङ्घर्षसम्बन्धी भिडिओ इन्टरनेटमा चर्चित बनेको छ।

अदालतका न्यायाधीशले खिचेर उक्त फुटेश सार्वजनिक गरेका हुन्।