नेपाल आमहडताल: पीडित ट्याक्सी चालक भन्छन्, ‘झुक्याएर जलाइदिए’
Published
आमहडताका क्रममा बिहीवार काठमाण्डू उपत्यकामा दुई ट्याक्सी जलाइनुका साथै सातवटा गाडीमा तोडफोड भएका छन्।
तीमध्ये गोङ्गगबुमा आगजनी गरिएको एक ट्याक्सीका चालक धादिङका कुम्भनारायण श्रेष्ठले ग्राहक बनेर आएका दुई जनाले झुक्याएर ट्याक्सीमा आगो लगाइदिएको बताएका छन्।
नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेताहरूले आमहडतालका क्रममा केही ठाउँमा भएका हिंसाजन्य घटनाको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन्।
कोटेश्वरमा हडतालको नेतृत्व गरेका नेता लीलामणि पोखरेलले भने 'सरकारका असंवैधानिक कदमका कारण' बन्द-हडताल गर्न बाध्य भएको दाबी गरेका छन्।
नेपाल प्रहरीले बन्द गराउन खोज्ने दर्जनौँ मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको एक भिडिओ।
अनि यो पनि