तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक जापानी महिलाले 'आफ्नी आमाको शव दश वर्षसम्म फ्रिजरमा राखिन्'
जापानमा आफ्नी मृत आमाको शवलाई फ्रिजरमा राखेको पाएपछि प्रहरीले एक महिलालाई गिरफ्तार गरेको छ।
४८ वर्षीय युमि योशिनोले दश वर्ष अघि आफ्नी आमालाई मृत भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको बताएकी छन्।
आमा र आफू बस्दै आएको टोक्योस्थित घर 'छोड्न मन नलागेर' आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्।
प्रहरीका अनुसार मृत महिलाको शरिरमा कुनै डाम देखिन्न।
अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्।
भाडा नतिरेका कारण योशिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए।
ती महिलाको शरीरलाई बङ्ग्याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ।
युमि योशिनोलाई शुक्रवार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको छ।