उखु किसान आन्दोलनमाः 'सरकारले गोली ठोके ठोकोस् तर खाली हात फर्किन्नौँ’
Published
गत आइतवारदेखि काठमाण्डू आएर आन्दोलन गरिरहेका उखु किसानले आफ्नो उत्पादनको भुक्तानी नपाएसम्म घर नफर्किने चेतावनी दिएका छन्।
आन्दोलनमा सहभागी सर्लाहीका रामनगर गाउँपालिकास्थित ८५ वर्षीय गगनदेव रायले आफ्नो ब्याङ्क खातामा भुक्तानी नभएसम्म विरोधप्रदर्शन जारी रहने बताएका छन्।
उनले भने, "सरकारले गोली ठोके ठोकोस् तर खाली हात फर्किन्नौँ।"
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।



