कोरोना भाइरस महामारी प्रभाव: 'लकडाउनले यसरी हाम्रो सम्बन्धविच्छेद गरायो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा माया: 'लकडाउनले हाम्रो घर बिग्रियो'
Published

ब्रजिलमा कोरोनाभाइरस महामारी बनेर फैलिनुअघि रिचर्ड र राफेलाको वैवाहिक जीवन सामान्य थियो।

दुई सन्तानसहित उनीहरू आनन्दपूर्वक जीवनयापन गरिरहेका थिए। तर लकडाउन सुरु भएपछि उनीहरूको सम्बन्धमा तिक्तता देखिन थाल्यो। अन्ततः उनीहरू छुट्टिएर बस्न थाले र सम्बन्धविच्छेद पनि भयो।

लकडाउन सुरु भएदेखि विश्वभरि धेरै दम्पतीहरू आफ्नो सम्बन्ध बिग्रिएकाले मनोपरामर्श लिन गएको दुईवटा अन्तर्राष्ट्रिय संस्थाले बीबीसीलाई बताएका छन्।

पचासवटाभन्दा बढी देशमा कार्यरत थेरपिस्टहरूको संस्था इन्टरन्याश्नल असोसीएशन फर म्यारिज एन्ड फ्यामिली काउन्सिलिङ तथा युरोपियन असोसीएशन फर साइकोथेरपीका अनुसार लकडाउनले धेरै परिवारमा अभूतपूर्व दबाव सिर्जना गरिदिएको छ।

यसरी सम्बन्धविच्छेद भएका विश्वभरिका केही मानिससँग बीबीसीले कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ।