हात्तीको उद्धारः दक्षिण भारतमा १६.७ मिटर गहिरो इनारमा खसेको ढोईलाई यसरी बाहिर निकालियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, इनारमा खसेको हात्तीको १४ घण्टापछि यसरी गरियो उद्धार
Published

दक्षिण भारतको तमिलनाडुस्थित एउटा गाउँको इनारमा खसेकी एउटी २५ वर्षे पोथी हात्तीलाई उद्धार गरिएको छ।

एक स्थानीय किसानले हात्ती कराएको सुनेपछि अरूलाई गुहारेका थिए।

क्रेन प्रयोग गरिएको उक्त उद्धारकार्यका लागि १४ घण्टा समय लागेको थियो।