तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचन परिणाम: सारा म्याक्ब्राइड पहिलो परलिङ्गी सिनेटर बन्दै
- Author, टम गर्किन
- Role, बीबीसी न्यू
- Published
- पढ्ने समय: २ मिनेट
डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी सिनेटर बन्ने भएकी छन्।
रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्र्याटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन्।
तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन्।
उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन्।
उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन्।
भर्मन्टमा २६ वर्षीया टेलर स्मल हाउस अफ रेप्रिजेन्टटिभ्सका लागि निर्वाचित भएकी छन्।
उनी उक्त राज्यकी प्रथम परलिङ्गी सांसद हुन्।
न्यूयोर्कबाट ३२ वर्षीय रिची टोरेस कङ्ग्रेसका पहिलो अश्वेत समलिङ्गी सदस्यका रूपमा निर्वाचित भएका छन्।
उनीसँगै अर्का समलिङ्गी उम्मेदवार मोन्डेअर जोन्सले पनि विजयी भएका छन्।
- https://bbc.com.im/nepali/live/news-54820384%3C/a%3E%3C/li%3E%3Cli role="listitem" class="css-1maxgwy">https://bbc.com.im/nepali/news-54821242%3C/a%3E%3C/li%3E%3C/ul%3E%3C/div%3E%3Cdiv dir="ltr" class="css-1k9op6x e17x9cvu0">
नोर्थ क्यारलाइनाबाट २५ वर्षीय म्याडिसन कअथोर्न यसपालि निर्वाचित हुने कान्छा उम्मेदवार बनेका छन्। उनी सन् १९९० को दशकमा जन्मिएका हुन्।