पाकिस्तान: टाउको जोडिएका जुम्ल्याहाहरू सफल शल्यक्रियापछि घर फर्के
Published
साफा र मार्वा जुम्ल्याहा हुन् तर जन्मिँदा उनीहरूको टाउको जोडिएको थियो।
लन्डनको ग्रेट अर्मन्ड स्ट्रीट हस्पिटलमा गत वर्ष चिकित्सक र बायो इन्जिनियरहरूको एउटा समूहले उनीहरूको टाउको छु्ट्याउने शल्यक्रिया गरे।
दुई वर्ष यूकेमा बिताएर उनीहरू अहिले आफ्नो देश पाकिस्तान ल्याइएका छन्।
तीनवटा ठूला शल्यक्रिया गर्दा कुल ५० घण्टा भन्दा बढी समय लागेको थियो।
आफ्ना छोरीहरूबारे आमाको प्रतिक्रिया सहित यो प्रेरणादायी भिडिओ।