बीबीसी बहस: गुणस्तर जाँच्नेहरू बजार जाँदा कसरी सामान किन्छन्
चाडबाडमा बजारमा बिग्रेका कमसल र मिसावटयुक्त सामानको बिगबिगी रहने गरेको सरकारी अधिकारीहरू स्वीकार्छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भन्छन्, "चाडबाडका बेला सामान पनि धेरै बिक्ने तथा मिसावट र कमसल सामग्रीको बिगबिगी रहने गरेकैले हामीले बजार अनुगमन पनि यसैबेला तीव्र बनाउँछौँ।"
सुवेदी कमसल सामग्री पाइएमा पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा फोन गरेमा आफूहरू कारबाही गर्न तत्काल आउने बताउँछन्।
उपभोक्ता आफै कमसल सामान किन्नबाट जोगिने उपाय के छन्?
खाद्य तथा गुणस्तर विभागकी पूर्वमहानिर्देशक जीवनप्रभा लामा भन्छिन्: "चम्किला देखिने मिठाइ नकिन्ने किनभने तिनमा या अखाद्य रङ्ग मिसाइएको हुनसक्छ या खाद्य रङ्ग भए पनि आवश्यकभन्दा बढी मात्रा हालिएको हुन सक्छ।"
"सागपात किन्दा अलिअलि किरा लागेको किन्ने त्यस्तोमा कम विषादी हालेको हुन्छ।"
यी र यस्ता थप उपयोगी जानकारीका लागि जीवनप्रभा लामा र नेत्रप्रसाद जोशीबीच बहस सुन्न माथिको तस्बिरमा देखिने प्ले बटन थिच्नुहोस्।