चम्ल्याहा छोरी जन्मेपछि यस्तो उत्साह, 'कसैले नराखेको नाम राख्छु'
Published
नुवाकोटकी सोमिका तामाङको गर्भमा पाँचवटा बच्चा थिए। गत मङ्गलवार शल्यक्रिया गर्दा एउटा शिशु मृतावस्थामा भेटियो भने चारवटालाई सकुशल निकालियो।
तीमध्ये एउटा शीशलाई अहिले एनआईसीयूमा उपचारका लागि राखिएको छ भने तीन शिशु आमासँगै छन्।
एउटै गर्भमा पाँचवटा शिशु हुने दुर्लभ घटना साक्षात्कार गरेका तिनका पिता हरिकुमार तामाङ अहिले अलिअलि उत्साहित र अलिअलि चिन्तित देखिन्छन्।
आफ्ना छोरीहरूको नाम अरू कसैसँग नमिल्नेगरी राख्ने उनको इच्छा छ। "छोरीहरूको नाम कसैले पनि नराखेको राख्न चाहन्छु," उनी भन्छन्।
हेर्नुहोस् हरिकुमार तामाङसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।
अनि यो पनि