दुर्गम स्थानमा चाँडै पुग्न जेट सूट, यसरी उडेर उपचार र उद्धार सम्भव हुनसक्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्गम पहाडमा जेट सूटबाट यसरी उडेर उद्धार
Published

हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ।

यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण गरेको छ।

जीएनएएएस र ग्र्याभटी इन्डस्ट्रीजले एक वर्ष लामो छलफलपछि यूकेको लेक डिस्ट्रिक्टमा जेट सूटको परीक्षण उडान गरेका छन्।

हिँडेर पुग्न २५ मिनेट लाग्ने ठाउँमा उद्धार र प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू अब डेढ वा दुई मिनेटमै पुग्न सक्ने जीएनएएएसको भनाइ छ।

हेर्नुहोस् यो भिडिओ।