डा. गोविन्द केसीः आमरण अनशन फिर्ता गर्न मन्त्री प्रदीप ज्ञवालीको आग्रह
Published
डा गोविन्द केसी अहिले १९ औँ अनशनमा छन्।
विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने उनका माग छन्।
आठ दिनसम्म जुम्लामा अनशन बसेका डा. केसी गएको बुधवारयता काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। उनको स्वास्थ्य स्थिति खस्किँदै गएको बताइएको छ।
तर सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस महामारी फैलिएको यो परिस्थितिमा डा. केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि