नेपाल सन्दर्भः विद्युत् प्राधिकरणमा खुल्ला प्रतिस्पर्धा भए के कुलमान घिसिङ सहभागी होलान्?
Published
नेपालमा लामो समयदेखि भइरहेको लोडसेडिङ अन्त्य गर्दै लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिएको छ।
वर्षौँसम्म घाटामा चलेको प्राधिकरणलाई नाफामा पुर्याएका घिसिङलाई अर्को एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने आवाज उठिरहेको छ।
अर्कोतिर व्यक्तिभन्दा थिति बसाल्नुपर्ने हुँदा प्राप्त उपलब्धिलाई संस्थागत गर्नेगरी प्राधिकरणको नेतृत्वको विषयमा निर्णय हुनुपर्ने तर्क पनि गरिएको छ।
यसै विषयमा बीबीसीका संजीव गिरीले घिसिङसँग साप्ताहिक रेडियो कार्यक्रम 'नेपाल सन्दर्भ' का लागि गरेको कुराकानी सुन्नुहोस्।
यो पनि पढ्नुहोस्