बीबीसी बहस: कोरोनाभाइरस महामारीका बेला आत्महत्या झन् बढ्नुका कारण के हुन्

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहस
Published

संसारभर कोरोनाभाइरस महामारी मच्चिइरहेका बेला आत्महत्या गर्नेको सङ्ख्या झन् बढेका खबर आइरहेका बखत नेपालमा पनि त्यस्तै भइरहेको बताइएको छ।

प्रहरीको तथ्याङ्क अनुसार २०७६ को चैत ११ देखि २०७७ को साउन ४ गतेसम्ममा जम्मा २,२०२ जनाले आत्महत्या गरेका छन्।

ती मध्ये १,१७२ पुरुष हुन्, ८११ जना महिला हुन्, ९४ बालक हुन् भने १४१ बालिका हुन्।

यो तथ्याङ्क यस अघिका तथ्याङ्क भन्दा बढी रहेको बताइएको छ।

मनोचिकित्सक अरुण कुवँर भन्छन्, "महामारीले चिन्ता र तनाव बढाएको छ त्यसैले आत्महत्या पनि सङ्ख्या बढेको हुनुपर्छ।"

अभियानकर्ता जगन्नाथ लामिछाने भन्छन्, "यो अब जनस्वास्थ्य समस्या मात्र रहेन। त्यसैले आत्महत्या कम गर्न स्वास्थ्यमा मात्र ध्यान दिएर हुँदैन आफ्नो रोजगारी गुमाएका वा कल कारखाना बन्द भएका लाखौँलाई सरकारले आर्थिक सहायता प्याकेज दिनुपर्छ।"

डा.अरुण कुँवर र जगन्नाथ लामिछानेबीच भएको कुराकानी सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।

अनि यो पनि: