बीबीसी बहसः कोरोना भाइरस महामारीको मार नेपली पर्यटन उद्योगमा, 'कम्पनी झोलामा सीमित'
कोरोनाभाइरस महामारीले नेपालको पर्यटन उद्योगको वास्तविकता उदाङ्गिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी बताउँछन्।
रेग्मी भन्छन्, "नेपालको पर्यटन उद्योग असाध्यै प्रारम्भिक चरणमा रहेछ। कामदारहरूसँग प्यान नम्बर पनि छैन। कर तिरेको कुनै प्रमाण पनि छैन। त्यसैले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत पनि छैनन्।"
त्यसैले गर्दा महामारीमा ठूलो मर्कामा परेका कामदारलाई सहयोग गर्न नसकिएको रेग्मीको भनाइ छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा आठ प्रतिशत जति योगदान पुर्याउने पर्यटन उद्योगमा काम गर्दै आएका हजारौँ हजार मानिसहरू अहिले बेरोजगार छन्।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दिपकराज जोशी भने अलि आशावादी सुनिन्छन्।
उनी भन्छन्, "संसारभरिका मञ्चमा कुरा सुन्दा नेपालको पर्यटन पुनरुत्थानका लागि अरू गन्तव्य भन्दा अलि सजिलो हुने देखिन्छ।"
जोशीका भनाइमा अहिले प्रकृतिमा आधारित गन्तव्यहरू अलि आइसोलेशनमा रहेका गतिविधिहरू सानो समूहमा घुमिने गन्तव्यहरूको संसारभरि खोजी भइरहेको छ भनिन्छ।
"नेपाल त्यस्तै खालको छवि भएको गन्तव्य हो।"
पर्यटन उद्योगका भावी दिनबारे नेपाल पर्यटन बोर्डका पूर्व र वर्तमान कार्यकारी अधिकृतबीचको बहस सुन्न माथिको तस्बिरमा देखिएको प्ले बटन थिच्नुहोला।