नेपालको नयाँ नक्सा: साङ्केतिक अर्थ मात्र कि थप केही?

अडिओ क्याप्शन सुरु हुँदैछ, नेपालको नयाँ नक्सा: साङ्केतिक अर्थ मात्र कि थप केही?
Published

केपी शर्मा ओली नेतृत्वको सरकारले बुधवार जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार अब नेपालको क्षेत्रफल नयाँ कायम हुनेछ।

भारतले अतिक्रमित गरेको भनिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले त्यसलाई 'यसअघि नक्सामा छुटाइएको भूभाग' समेट्दै अद्यावधिक गरिएको बताइन्।

मन्त्री अर्यालकै शब्दमा विश्वमा अब नेपालको मानचित्र बदलिएको छ र त्यो अब भारतले यतिखेर मानिरहेको नक्सासँग बाझिनेछ।

दिल्लीले छ महिनाअघि आफ्नो नयाँ नक्सा जारी गर्दा होस् या हालै तिब्बतमा पर्ने मानसरोवर तीर्थस्थल जोड्नका लागि सम्पर्क सडक उद्घाटन गर्दा अतिक्रमण गरेको मानेको छैन।

भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ।

त्यसैले यो नक्सालाई भारत र अन्तर्राष्ट्रिय समूदायबाट प्राप्त हुने आधिकारिकता र भूमि फिर्ताको सवालतर्फ अहिले धेरैको ध्यान केन्द्रित छ।

बुधवार प्रशारित बीबीसीको 'नेपाल सन्दर्भ' कार्यक्रममा मन्त्री पद्मा अर्यालसँग प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्।