कोरोनाभाइरस: महामारीको त्रासमाझ एकअर्काको आत्मबल बढाउन इटली र स्पेनमा सङ्गीत र ताली
Published
अहिले युरोप विश्वव्यापी महामारी कोभिड-१९ को केन्द्रबिन्दु बनेको छ। कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट नराम्ररी प्रभावित भएको इटलीमा मानिसहरू घरबाहिर निस्किएका छैनन्।
तर केही स्थानमा मानिसहरूले आफ्नो आत्मबल बढाउन र स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्ने उपाय फेला पारेका छन्। नागरिकहरूले घरघरबाटै देशभक्तिपूर्ण गीत गाएका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन्
स्पेनमा पनि मानिसहरूले महामारी नियन्त्रण गर्न र बिरामीको उपचार गर्न परिचालित स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गरेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि