तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला टी२० विश्वकप क्रिकेट: भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्वविजेता
भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ।
मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो।
यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि हो।
घरेलु दर्शकका अगाडी अस्ट्रेलियाली खेलाडीहरूले आक्रामक रूपमा खेले।
तर दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोलीका सबै खेलाडी ९९ रनमै आउट भए।
महिला दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित खेलमा ८६,००० भन्दा बढी दर्शक उपस्थित थिए।
भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा दुई रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन्।
स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रीत पनि धेरै समय मैदानमा टिक्न सकिनन्।
टस जितेर अस्ट्रेलियाकी कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।