केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो

घाइतेका चिन्तित आफन्तहरू अस्पतालबाहिर भेला भएका थिए

तस्बिर स्रोत, Nathan Ochunge

तस्बिरको क्याप्शन, घाइतेका चिन्तित आफन्तहरू अस्पतालबाहिर भेला भएका थिए
Published
पढ्ने समय: २ मिनेट

पश्चिमी केन्यामा एउटा विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो।

छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन्।

शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरे।

कारण अस्पष्ट

"बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ। आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना," उनले सिटिजन टीभीलाई भने।

घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको थियो। तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ।

के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन।

प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ

तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन्।

केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि भर्‍याङबाट ओर्लिन खोज्दा भिड भएको थियो।

उक्त भर्‍याङ भत्किएको बताइएको छ।

Presentational grey line
Presentational grey line

द डेली नेशन समाचारपत्रका अनुसार भाग्न खोज्दा केही विद्यार्थीहरू विद्यालयको तेस्रो तलाबाट भुइँमा खसेका थिए।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा घाइते बालबालिकाका आफन्तहरू एउटा अस्पतालबाहिर चिन्तित मुद्रामा भेला भएको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

आपत्कालीन सेवालाई आफूले सहयोग उपलब्ध गराएको केन्या रेडक्रसले ट्विटरमा उल्लेख गरेको छ।

केन्याको शिक्षा मन्त्रालयले शोकाकुल परिवार र आफन्तलाई समवेदना प्रकट गरेको छ।

Map: A map showing where Kakamega is in Kenya

संवाददाताहरूका अनुसार उक्त घटनाले केन्याका विद्यालयमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको छ।

केन्याका भूतपूर्व प्रधानमन्त्री राइला ओडिङ्गाले घटनाको कारण पत्ता लगाउन शीघ्र अनुसन्धान गर्न माग गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो।

त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो।

सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो।