'माछालाई पानी, व्यवसायीलाई बिजुली'
Published
काठमाण्डूको बत्तीसपुतलीमा तीन दशकयता सजाउन प्रयोग हुने माछाको व्यवसाय गर्ने राजु श्रेष्ठ लोडसेडिङ्गको अन्त्यसँगै व्यवसाय फस्टाएको बताउँछन्।
घर र कार्यालय सजाउन एक्वेरियम भनिने सिसाको माछा राख्ने भाँडो राख्ने चलन बढेसँगै सजावटका रङ्गीन माछाको व्यवसाय बढेको छ।
दैनिक १८ घन्टासम्म लोडसेडिङ्ग खेप्दा यो व्यवसाय सङ्कटमा परेको थियो।
बिजुली नियमित नहुँदा यी माछा बचाउन निकै गाह्रो हुने एक्वेरियम व्यवसायी बताउँछन्।
एक्वेरियमको पानीको तापक्रम मिलाउन, अक्सिजन आपूर्ति कायम राख्न र पानी सफा गर्न बिजुली चाहिने बताइन्छ।
नेपालले गएको आर्थिक वर्षमा मात्रै झन्डै नौ करोड रुपैयाँको रङ्गीन माछा आयात गरेको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: