नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्ने सम्भावना छ?
Published
हालै काठमाण्डूमा १२२ चिनियाँ पक्राउ गर्नुपर्ने परिस्थितिले नेपालमा धेरै चिनियाँ पर्यटक भित्र्याएर फाइदा लिने आशामा केही ठेस पुर्याइदियो।
केही महिनाअघि नेपालका ब्याङ्किङ प्रणालीमा भएको ह्याकर हमलामा केही चिनियाँलाई पक्राउ गरिएको थियो।
पछिल्लो समय विभिन्न अपराधको आरोपमा विदेशी नागरिक पक्राउ पर्ने क्रम बढेसँगै नेपाल विदेशी अपराधीहरूको क्रिडास्थल बन्न सक्छ कि भन्ने चिन्तालाई बल दिइरहेको छ।
भारतसँग खुला सीमा रहेको नेपाललाई ठूला आपराधिक समूहका सदस्यले दुरुपयोग गर्न सक्छन् भन्ने पुरानो चिन्ता ताजा भएको छ।
बीबीसीको 'नेपाल सन्दर्भ' कार्यक्रममा नेपाल प्रहरीको अपराध अनुसन्धानमा लामो समय बिताएका अवकासप्राप्त प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लसँग प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्।