तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका-इरान तनाव: अमेरिकी फुटबल टोलीद्वारा कतारको अभ्यास शिविर स्थगित
अमेरिका र इरानबीच तनाव बढेपछि अमेरिकी पुरुष फुटबल टोलीको कतारमा तय गरिएको प्रशिक्षण स्थगित गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दाद विमानस्थलमा आक्रमण गरी वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई शुक्रवार मारिएको थियो।
अमेरिकी राष्ट्रिय टोलीले ज्यानुअरी ५ देखि २५ सम्म दोहामा अभ्यास गर्ने कार्यक्रम तय भएको थियो।
फेब्रुअरी महिनामा अमेरिकी टोली क्यालिफोर्नियामा कोस्टारिकासँग खेल्ने कार्यक्रम छ।
अमेरिकी फुटबल निकायले एउटा विज्ञप्तिमार्फत् अभ्यास शिविरका लागि विकल्प खोजिरहेको जनाएको छ।
उसको विज्ञप्तिमा भनिएको छ, "हामी भविष्यमा कतारको विश्वस्तरीय सुविधा र आतिथ्यको अनुभव गर्न कतारी फुटबल सङ्घसँग काम गरिरहेका छौँ।"
सन् २०२२ को विश्वकप फुटबल कतारमा आयोजना हुँदैछ।