तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सागमा पाएको सफलतापछि नेपाली खेलकुदको भविष्यको बाटो
दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सागको तेह्रौँ संस्करणमा नेपालले इतिहासमै सबैभन्दा राम्रो परिणाम प्राप्त गरेको देखिएको छ।
सागको आयोजनालाई लिएर उठेका तमाम खालका आशङ्का मेटाउँदै प्रतियोगिता सम्पन्न भएको छ।
सागको समापनसँगै नेपाली खेलकुद र खेलाडीहरू रमाइरहँदा कतिपयले सागले नेपाली खेलक्षेत्रको निम्ति चुनौती पनि छाडेर गएको टिप्पणी गरिरहेका छन्।
सागले सृजना गरेको अवसर
उनीहरूले भन्ने गरेको त्यो चुनौती भनेको यस पटक प्राप्त उपलब्धिको रक्षा हो। त्यो किन पनि हो भने घरेलु भूमिमा राम्रो प्रदर्शन गर्ने तर विदेशी भूमिमा त्यो फितलो हुने गरेको विगत छ।
त्यस्तो विगत तोड्न नेपाली खेलकुदको भविष्यको बाटो कस्तो हुनुपर्छ?
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माका विचारमा सागमा प्राप्त सफलतासँगै देशको ध्यान खेलकुद क्षेत्रले तानेको छ र त्यसले खेलक्षेत्रमा सुधारको निम्ति अनुकूल वातावरण बनाइदिएको छ।
उनी भन्छन्, "यो अवसरको सदुपयोग गर्दै अब हामीले खेलकुद क्षेत्रका समस्या र चुनौती समाधान गर्दै खेलाडीलाई आवश्यक वातावरण बनाउनुपर्छ।"
ठूलो उपलब्धि, ठूलै चुनौती
त्यसो निम्ति खेलका पूर्वाधारहरूको ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता उनले देखेका छन्।
सागमा नेपालले ५१ वटा स्वर्ण सहित दुई सयभन्दा बढी पदक जितेको उपलब्धि भविष्यको चुनौती समेत बन्न पुगेको एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक एवम् खेलविज्ञ सुशीलनरसिंह राणाको भनाइ छ।
उनी भन्छन्, "यो भनेको नेपालको सन्दर्भमा धेरै नै ठूलो उपलब्धि हो। र, उपलब्धि आगामी सागमा जोगाउनु त्यो भन्दा ठूलो चुनौती हो।"
साप्ताहिक बीबीसी बहसमा मन्त्री विश्वकर्मा र खेलविज्ञ राणाबीचको छलफल सुन्नुहोस्।