स्वर्ण पदक उचाल्दै नेपाली फुटबल खेलाडी: ‘जित सारा नेपालीलाई खुसी तुल्याउन'
Published
१३औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत नेपालले फाइनलमा भुटानलाई पराजित गर्दै फुटबलमा स्वर्ण पदक जितेको छ।
खेल जिते लगत्तै खेलाडीहरूले जितको श्रेय घरेलु दर्शक र समग्र नेपालीलाई दिएका छन्।
यसअघि सन् १९८४, सन् १९९३ र सन् २०१६ मा गरी नेपालले तीन पटक क्षेत्रीय उपाधि जितिसकेको छ।
ठूलो सङ्ख्यामा उपस्थित समर्थकहरूका बीच जितका लागि नेपालका अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए।
पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको भुटान उपविजेता बनेर इतिहास बनाएको छ।
फिफा वरियतामा नेपाल १७० औँ स्थानमा छ भने भुटान १८९ औँ स्थानमा छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि