१.२० लाख अमेरिकी डलर मूल्य पर्ने कलाकृतिको केरा खाइदिएपछि...
Published
इटलीका कलाकार मौरित्सियो काट्टेलानले बनाएको एउटा कलाकृति एक लाख २० हजार अमेरिकी डलर (झन्डै एक करोड ३६ लाख नेपाली रुपैयाँ) मूल्यमा बिक्री भएको थियो। त्यसमा एउटा केरा स्थापित गरिएको थियो।
तर जर्जियामा जन्मेका अर्का अमेरिकी कलाकार डेभिड डटुनाले त्यो केरा खाइदिएपछि मायामीमा भइरहेको कलाप्रदर्शनीमा हल्लाखल्ला भयो। उनले केरा खाएर आफूले कला प्रस्तुत गरेको टिप्पणी गरेका थिए।
पछि त्यहाँ अर्को केरा राखियो। केरा खाइदिने डटुनालाई तत्काल कलाशाला छोड्न भनियो तर उनलाई थप कारबाही भने नहुने भएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि