तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बागलुङमा जीप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु
गुल्मीबाट हिँडेको एउटा यात्रुवाहक जीप बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा दुर्घटनामा पर्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
जीपमा चढेका यात्रुहरू कुलपूजाका लागि बागलुङको निसीखोलातिर गइरहेको बताइएको छ।
प्रहरीका अनुसार उक्त जीपमा १८ जना सवार थिए।
जीप मध्यपहाडी लोकमार्गबाट बडीगाड खोलामा खसेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईका अनुसार बडीगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो।
दुर्घटनाको कारण खुलेको छैन।
दुर्घटनामा मृत्यु हुनेमा गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।
प्रहरीका अनुसार एक व्यक्ति हराइरहेका छन्।
उद्धारकार्य जारी रहेको बागलुङस्थित बीबीसी संवाददाता रबिना बोहराले बताइन्।
दुर्घटनामा परेका तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तीवाङ पठाइएको छ।
उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि अन्यत्र लग्ने तयारी गरिएको बडीगाड गाउँपालिका अध्यक्ष मेयरसिङ पाइजाले बताए।