तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अर्घाखाँची बस दुर्घटना, ‘१७ शव’ प्राप्त
पश्चिम नेपालको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको यात्रुवाहक बस दिउँसो साढे तीन बजेतिर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ।
दुर्घटनास्थलको पछिल्लो अवस्थाबारे बुधवार साँझ बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, "यहाँ दुर्घटनास्थलमा घाइते तथा थप कसैको मृत्यु भएको छ कि भनेर स्थानीयबासी तथा सुरक्षाकर्मीले खोजीकार्य गरिरहेका छन्। हालसम्म १७ वटा शव पाइएको छ।"
१२ जना घाइतेलाई बुटवल पठाइएको उनले बताए।
रात परेको हुनाले बत्ती बालेर खोजीकार्य भइरहेको बताइएको छ।
निकै अग्लो भीरबाट बस खसेको उनले जनाए।
दुर्घटनास्थल
"भिरालो ठाउँ भएकाले खोजीकार्यमा पनि अप्ठेरो परेको थियो," पौडेलले भने।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हिँड्दा उक्त बसमा ३१ जना यात्रु चढेको रेकर्ड रहेको तर बीचमा कति चढेको जानकारी नभएको बताइएको छ।
नेपालमा बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउने गर्छन्।
सडक दुर्घटनामा धेरैले ज्यान गुमाउने देशहरूमध्ये नेपाल पनि पर्छ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा ४,५०० जनाले बर्सेनि ज्यान गुमाइरहेको देखाउँछ।
नेपाल सरकारले भने २,५०० जनाले ज्यान गुमाइरहेको बताउने गरेको छ।