बीबीसी बहस: जलविद्युत् उत्पादन बढेपछि ऊर्जा व्यवस्थापन गर्न नेपालका चुनौती कस्ता

अडिओ क्याप्शन सुरु हुँदैछ, ऊर्जा व्यवस्थापन: अबको नेपालको चुनौती
Published

काठमाण्डुमा बिहीवार र शुक्रवार विभिन्न देशका अधिकारी, व्यावसायी एवम् विज्ञहरू सहभागी भएको एउटा ऊर्जा सम्मेलन आयोजना भयो।

केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडशेडिङ खेपेको नेपालले उक्त सम्मेलनमा ऊर्जा निर्यातबारे धेरै कुरा गर्‍यो।

नेपालमा अहिले लोडशेडिङ हुन छोडेको मात्र हैन जलविद्युत् उत्पादन पनि बढेको छ। अब दुईतीन वर्षमा विद्युत् उत्पादन बढ्नेछ।

हजार मेगावाटभन्दा बढी क्षमता भएका केही ठूला परियोजना त अझ सुरु हुन बाँकी नै छन्।

यस्तो अवस्थामा निकट भविष्यमा नेपालको ऊर्जा क्षेत्रमा देखा पर्ने नयाँ परिदृश्य निकै महत्त्वपूर्ण छ।

केही समय अघिसम्म ऊर्जा सङ्कट बेहोरेको देशले अब धेरै ऊर्जा व्यवस्थापनको जटिलता बेहोर्नुपर्ने देखिन्छ।

दोर्दी जलविद्युत्

तस्बिर स्रोत, RSS

नेपालसँग उत्पादित विद्युत् देशभित्र खपत गर्ने र अन्य देशलाई बेच्ने रणनीति के छ? के नेपालले तेस्रो मुलुकलाई विद्युत्‌ बेच्न सक्छ?

यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्याल र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था-नेपालका उपाध्यक्ष कुमार पाण्डेसँग गरिएको बीबीसी बहस कार्यक्रम सुन्नुहोस्।