जलसँगी: भारतको सुक्खाग्रस्त स्थानमा पानीको सङ्कट समाधान गर्न महिलाको अगुवाइ

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको सङ्कट समाधान गर्न महिलाको अगुवाइ
Published

मध्यभारतको सुक्खाग्रस्त बुन्देलखण्ड क्षेत्रका गाउँमा महिलाहरूले पानीको सङ्कट समाधान गर्न अग्रसरता लिएका छन्।

सय गाउँमा कुल ५०० जति महिलाहरू 'जलसँगी' बनेका छन्।

उनीहरू इनारको मर्मत गर्नेदेखि सरकारी निकायसँग समन्वय गर्ने काम गर्छन्।

आफ्नो प्रयासका कारण अहिले घरायसी प्रयोग र कृषिका लागि पानीको जोहो गर्न सकिएको उनीहरू बताउँछन्।

हेर्नुहोस् तिनै जलसँगीबारे बनाइएको यो भिडिओ।

अनि यो पनि